Odapalika - The Fourth Estate - चौथो अंग
चिठ्ठा आतंक मच्चिएको थाहा नगरपालिकामा प्लाष्टिकका फूल प्रतिबन्धित 

काठमाडौँ । चाडवाडको अवसरमा भन्दै स्थानीय स्तरमा विद्यालय र संघस.स्थाले चिठ्ठा आतंक मच्चाएपछि मकवानपुरको थाहा नगरपालिकाले कारवाहीको चेतावनी दिएको छ । 

निजी र सामुदायिक विद्यालय तथा स्थानीय संघसंस्थाले जर्वजस्ती चिठ्ठा काट्न दवाव दिएको भन्दै नगरपालिकामा लिखित तथा मौखिक उजुरी परेपछि नगरपालिकाले स्वीकृति नलिइ चिठ्ठा कार्यक्रम संचालन नगर्न चेतावनी दिएको हो । 

चिठ्ठा ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको लिखित स्वीकृति बिना चिठ्ठा कार्यक्रम संचालन गर्न पाइदैन । तर थाहा अधिकांश विद्यालयले बिना स्वीकृति चिठ्ठा कार्यक्रम संचालन गरेर विद्यार्थी र अभिभावकलाई जर्वजस्ती चिठ्टा किन्न लगाइरहेका छन् । 

नगरपालिकाले अनुुमति नलिइ संचालित यस्ता चिठ्ठा संचालकलाई कारवाहीको चेतावनी दिएको हो । 

यसैेबीच नगरपालिकाले स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ । 

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । 

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवद्र्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णय विपरीत गर्नेलाई कारबाही गनै बताए ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update