Odapalika - The Fourth Estate - चौथो अंग
भेटेरिनरी चिकित्सक चाहियो? तपाईंको स्थानीय तहमा यी चिकित्सक उपलव्ध छन् 

काठमाडौँ । तपाईँ आफ्नो स्थानीय तहभित्र भेटेरिनरी चिकित्सक को होला भनेर जान्न इच्छुक हुनुहुन्छ भने अब चिन्ता लिनुपर्दैन । 

कृषि तथा पुशपन्छी विकाश मन्त्रालयले हरेक जिल्ला, प्रदेश र देशभर कार्यक्षेत्र दिएर भेटेरिनरी चिकित्सकहरुलाई निरीक्षकका रुपमा फिल्डमा खटाएको छ । 

यी चिकित्सकहरुले देशभरका स्थानीय तहसम्म पुगेर पशुको उपचार गर्ने र उपचारमा सहजीकरण गरिदिने मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार देशभर ७६ जना चिकित्सकहरुलाई काममा खटाइएको बताएको छ । 

मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९ जना , मधेशमा ८, बागमतीमा ११, गण्डकीमा १० लुम्बिनीमा ९, कर्णालीमा ३ र सूदुरपश्चिम प्रदेशमा ४ जना भेटेरिनरी निरीक्षण्क खटाइएको छ । 

मन्त्रालयले प्रदेशभर हेर्ने भनेर ११ जना र देशैभरका लागि भनेर १२ जना थप चिकित्सकपनि खटाएको छ । 

हेर्नुहोस् कुन जिल्लामा को चिकित्सक 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update