Odapalika - The Fourth Estate - चौथो अंग
तिहारमा प्लास्टिककाे माला र फूल प्रयोग गर्दैै हुनुहुन्छ ? सावधान, यी स्थानीय तहले रोक लगाएका छन् 

काठमाडौँ । फूलको पर्वको रुपमा चिनिने तिहार नजिकिँदै छ । आउँदो बुधबारबाट यमपञ्चक सुरु हुँदै छ भने आइतबार भाइटीका छ । यमपञ्चकदेखि भाइटीकासम्म फूल र फूलका मालाको प्रयोग गरिन्छ । 

तिहारमा प्लास्टिकको माला र फूलको प्रयोग नगर्न हालसम्म आधा दर्जन स्थानीय सरकारले आग्रह गरेका छन् । वातावरण र मानव स्वास्थ्यलाई नै प्लास्टिकले असर गर्ने भन्दै ती स्थानीय तहले प्लास्टिकका माला र फूल किनबेचमा प्रतिबन्ध लगाएका छन् । 

सार्वजनिक सूचना निकालेर तीन स्थानीय तहले प्लास्टिकमा माला र फूल प्रयोगमा प्रतिबन्ध लगाउँदै स्थानीय रुपमा उत्पादित फूलको प्रयोग गर्न आह्वान गरेका छन् । 

हालसम्म काठमाडौँको काठमाडौँ महानगरपालिका, रुपन्देहीको बुटवल उपमहानगरपालिका, अर्घाखाँचीको शितगंगा नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका, कैलालीको भजनी नगरपालिका र मकवानपुरका थाहा नगरपालिकाले सार्वजनिक सूचना निकालेर प्लास्टिकका फूल र माला किनबेचमा रोक लगाएका हुन् ।  
 

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update