काठमाडौं । नेपालको पुँजी बजारको इतिहासमा पहिलो पटक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साँढेको मूर्ति राख्न लागिएको छ । वरिष्ठ मूर्तिकार विष्णुप्रसाद बरालले मूर्ति बनाएका हुन् ।
नेप्सेमा राखिएको बुलका बारेमा बजारमा विभिन्न प्रकारका टिकाटिप्पणी भएका छन् । कतिपयले सो मूर्ति सानो भएको भनेका छन् भने कतिपयले ठिकै छ भन्ने प्रतिक्रिया दिएका छन् ।
पुँजीबारसँग सम्बन्धित कतिपय व्यक्तिहरुले सो साँढेको मूर्ति नभइ बाच्छो भएको टिप्पणी पनि गरेका छन् ।
बजारमा यस्तै विभिन्न टिकाटिप्पणी भएपछि हामीले सो मूर्ति बनाउने मूर्तिकार बराललाई भेटेर ‘तपाईंले साँढे बनाएको कि बाच्छो’ भनेर सोधेका छौं । उनको जवाफ भिडियोमा जस्तोको तस्तै छ ।
प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१ १६:४७
प्रतिक्रिया दिनुहोस्