Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौंका मेयरले सरकारलाई चोर भन्दै किन दिए सिंहदरवारमा आगो लगााउने धम्की ?

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंदहरदवारमा आगो लगाउने धम्की दिएका छन् । 

सामाजिक संजालमा फेसबुकमा स्टाटस लेखेका छन् । स्टाटसमा भनिएको छ – आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार 

किन रिसाए त बालेन ? शनिवार श्रीमती महानगरपालिकाको सरकारी नम्बर प्लेटको गाडी लिएर भक्तपुर घुम्न निस्किएकी रहिछन् । कोटेश्वरमा चेकजाँचमा बसेका प्रहरीले शनिवार सरकारी सवारी कुदाउन अनुमतिको कागजात हुनुपर्ने भन्दै मागे । 

गाडीका ड्राइभरले महानगरपालिकाका मेयरको गाडी भनेपछि अबदेखि शनिवार अनुमतिको कागजात लिएर मात्र चलाउन भन्दै छाडिदिए । गाडीमा बालेन पत्नी बसेकी रहिछन् । त्यहीबाट उनले पत्नी बालेनलाई फोन गरिन् । 

त्यसपछि शनिवार राति बालेनले सामाजिक सञ्जालबाट सरकारलाइ चोर भन्दै सिंहदरवारमा आगो लगाइदिने धम्की दिएका हुन् । 

उनको यो धम्कीलाई धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले शनिवारको मेयरको भन्दै उडादिइएका छन् । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update