Odapalika - The Fourth Estate - चौथो अंग
७० करोडको प्रस्ताव नमानेपछि आइएसपीविरुद्ध नेपाल प्रेसको धारावाहिक समाचार

काठमाडौँ । विगत केही महिनायता नेपाल प्रेस डटकम इन्टरनेट सेवा प्रदायक कम्पनी (आइएसपी) हरु विरुद्ध धारावाहिक रुपमा समाचार प्रकाशित गरिरहेको छ । आइएसपीहरुले राजस्व छली गरेर सरकार र जनता दुबैलाई ठगेको अभियोग नेपाल प्रेसले लगाइरहेको छ ।

नेपाल प्रेसमा यसरी धारावाहिक रुपमा समाचार आउनुको भित्री रहस्य भने फरक छ । नेपाल प्रेसको एक जना साहूको कम्पनीको ५१ प्रतिशत सेयर ७० करोड रुपैयाँमा खरिद गर्न नचाहेपछि नेपाल प्रेसलाई राजस्व छली भएको चिन्ता बढेको हो ।

Nepal-press-shareholders-de-1730112957.jpg
नेपाल प्रेसमा ७ जना सेयरधनी छन् । तीमध्ये एक जना सेयरधनीसँग १६०० कित्ता सेयर छ भने बाँकी ६ जनासँग ६४०० कित्ताका दरले सेयर छ । त्यसमध्येका ६४०० कित्ताका सेयरधनी ध्रुव शर्माले मिडिया प्रयोग गरी व्यवसायिक ‘कोल्याब्रेसन’ गर्न चाहँदा नसकेपछि नेपाल प्रेस प्रयोग गरेको स्पष्ट हुन्छ । 

नेपाल प्रेस संचालक कम्पनीको नाम नेपाल इ. प्रेस मिडिया प्रालि हो । यो कम्पनीमा ध्रुव शर्माको ६४०० कित्ता सेयर छ । यद्यपि, अहिले नेपाल इ. प्रेस मिडिया प्रालिको अध्यक्ष विन्दुराज लम्साल छन् ।

mega-max-tv-1730113027.jpg
नेपाल इ. प्रेस मिडियाको सेयरधनी ध्रुव शर्मा मेगा म्याक्स टिभी प्रालिको पनि सेयरधनी छन् । सो टिभीमा शर्माको ७ लाख ४० हजार कित्ता सेयर छ । मेगा म्याक्स टिभी प्रालिमा ध्रुव शर्मासहित १८ जना सेयर धनी छन् ।

यसरी जोडियो नेपाल प्रेस

नेपाल इ. प्रेस मिडियाको स्थापना २०७९ सालमा भएको हो ।  मेगा म्याक्स टिभी भने नेपाल प्रेस संचालनमा आउनु अघि नै दर्ता भइसकेको थियो ।

मेगा म्याक्स टिभी केबल टिभी हो । यसले पुरानो प्रविधिमा आधारित रहेर केबलमार्फत टेलिभिजन सेवा प्रदान गर्ने गरेको थियो । तर, सुचना प्रविधिको विकासले केबल टिभी छोटो समयमा नै फेज आउट भए । नेपालमा पनि केबल टेलिभिजनको व्यवसाय धरापमा पर्न थाल्यो ।

max-tv-proposal-1730113082.jpg
आफूले ठूलो लगानी गरेर संचालनमा ल्याएको मेगा म्याक्स टिभी लगानी नै नउठाइ धरासायी हुने अवस्था आएपछि सेयरधनी ध्रुव शर्माले सुविसु, भायनेट, डिसहोम, वल्र्डलिंक लगायतका आइएसपीसँग कोल्याब्रेसनको प्रस्ताव गरे । उनको प्रस्तावमा ती आइएसपीसँग मिलेर आइपिटिभी संचालन गर्ने भन्ने थियो ।

तर, फेजआउट भइसकेको केबल टिभीसँग कोल्याब्रेसन गर्न कुनै पनि आइएसपीहरु तयार भएनन् । आइएसपीहरु तयार नभएपछि ध्रुव शर्माले मिडिया (नेपाल प्रेस) को डर देखाएको एक आइएसपी संचालकले बताए । यद्यपि, ध्रुव शर्माले नेपाल प्रेस प्रयोग गरेर ठूला आइएसपीसँग कोल्याब्रेसनको प्रयास गरे पनि मेगा म्याक्स टिभी अहिलेसम्म सफल भने भएको छैन ।

७० करोडको प्रस्ताव नमानेपछि धारावाहिक समाचार

नेपाल प्रेस र मेगा म्याक्स टिभीका संचालक ध्रुव शर्माले सौदाबाजीको उपकरण नेपाल प्रेसलाई बनाइएका छन् । शर्माले आएएसपीहरुलाईलाई बुझाएको स्ट्राटेजिक कोल्याब्रेसनको प्रस्तावमा ५१ प्रतिशत सेयर किन्न भनिएको छ ।

max-tv-price-1730113204.jpg
मेगा म्याक्स टिभीको मूल्यांकन १ अर्ब ३७ करोड ४० लाख ९२ हजार रुपैयाँ गरिएको छ । ध्रुव शर्माले सो टिभीको ५१ प्रतिशत सेयर किनिदिन आइएसपीहरुलाई हारगुहार गरिरहेका छन् । उनले सो टिभीको ५१ प्रतिशत सेयर ७० करोड ७ लाख रुपैयाँमा किन्न प्रस्ताव गरेको र सो नमानेपछि विभिन्न आइएसपीहरु विरुद्ध नेपाल प्रेसमा धारावाहिक समाचार आएको तथ्यले प्रमाणित गरेको छ ।

[email protected]

प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०८१  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update