Odapalika - The Fourth Estate - चौथो अंग
कर्णाली र सूदुरपश्चिमका स्थानीय तहमा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान, यस्ता छन् शर्त

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तस्करण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ । 

मन्त्रालयले सोमबार १३ जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवं हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण कार्यक्रम/योजना प्रस्ताव गर्न आह्वान गरेको हो । 

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, रुकुमपश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई मन्त्रालयले आउँदो मंसिर ५ गतेभित्र कार्यक्रम÷योजना प्रस्ताव गर्न आह्वान गरेको हो । 

‘नेपाल सरकारको वार्षिक बजेट तथा कार्यक्रममा चालु आ.व. २०६१/६२ का लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम स्वीकृत भएको छ । उक्त कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ समेत स्वीकृत भइसकेको छ । उक्त कार्यविधिको व्यवस्था बमोजिम कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधिमा उल्लेख भएको जिल्लाका स्थानीय तहहरुले मात्र उक्त कार्यविधिको दफा ८ को व्यवस्था तथा अनुसूची (२) बमोजिमको ढाँचामा बढीमा २ वटासम्म आयोजना/कार्यक्रम छनौट गरी कार्यपालिकाको निर्णय र अन्य आवश्यक कागजातसहित यस मन्त्रालयको इमेल ठेगाना [email protected] [email protected] मा २०८१ मंसिर ५ गतेभित्र पेश गरिसक्नुपर्ने छ,’ पत्रमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update