Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सेवा ऐन संशोधनका लागि नगरपालिका संघ मधेश प्रदेशको कार्यदल गठन 

काठमाडौँ । नेपाल नगरपालिका संघ मधेश प्रदेशले स्थानीय सेवा ऐन संशोधनका लागि कार्यदल गठन गरेको छ ।धनुषामा बसेको नेपाल नगरपालिका संघ मधेश प्रदेश समितिको बैठकले स्थानीय सेवा ऐन मधेश प्रदेशमा रहेका त्रुटिहरुलाई संशोधन गर्न मनराशिस्वा नगरपालिकाका मेयर मोहन पाण्डेय नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो । 

सो कार्यदलले मधेश प्रदेशको स्थानीय सेवा ऐनमा देखिएका त्रुटी तथा गाउँपालिका, नगरपालिका, विज्ञ र कानुनविद बाट आएका सुझावहरुलाई दृष्टिगत गरे बनाएको प्रतिवेदन गाउँपालिका संघ र नगरपालिका संघले मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई बुझाउनेछ । .

नेपाल नगरपालिका संघले प्रादेशिक नगर अध्ययन केन्द्र संचालन कार्यविधि २०७९ अनु्सार मधेश प्रदेश अन्तर्गतका सप्तरी, सिरहा, धनुषा र महोत्तरीका नगरपालिकाहरुका लागि जनकपुरधाम उपहानगरपालिकामा थप नयाँ प्रादेशिक नगर अध्ययन केन्द्र स्थापनाका लागि नेपाल नगरपालिका संघको तर्फबाटसामान हस्तान्तरण गरिएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update