Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारलाई अब एप्सबाटै कर तिर्न सकिने, यस्तो छ तरिका 

काठमाडौँ । देशभरका स्थानीय तहहरुलाई अब मोवाइल एप्लिकेशसबाटै कर तिर्न र स्थानीय तहहरुले कर संकलन गर्न पाउने भएका छन् । 

कोष तथा लेखा नियन्त्रक कार्यालयले स्थानीय तहमा राजश्व भुक्तानीका लागि मोवाइल एप्लिकेसन संचालनमा ल्याएको जनाएको छ । 

Local Revenue-LLRP नामको यो एप्लिकेशन एन्ड्रोइड र आइओएस दुबैखाले मोवाइलमा डाउनलोड गर्न सकिने कार्यालयको भनाइ छ । 

हालसम्म स्थानीय तहमा कर तिर्नका लागि स्थानीय तह सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) र लोकल लेभल रेभेन्यु पोर्टलमार्फत यस्तो कर तिर्न सकिने व्यवस्था थियो । 

अब मोवाइल फोनमा एप्स डाउनलोड गरेर एप्समार्फत नै सोझै कर तिर्न सकिने व्यवस्था गरिएको कार्यालयको भनाई छ । 

गुगल प्ले स्टोरबाट एप्स डाउनलोड गरेपछि एप्सभित्रै कसर कसर ितिर्न सकिन्न भनेर सबै प्रक्रिया दिइएको कार्यालयको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १४:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update