
काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल बुधबार हुँदै छ । बुधबार हुने फाइनल खेलमा घरेलु टोली नेपाल र पाहुना टोली बंगलादेशबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ ।
यस खेल हेर्न जाने दर्शकले भने अनलाइन टिकट नपाउने भएका छन् । नेपाल–भारतबीचको खेलमा रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अनलाइन टिकट बिक्री बन्द गरेको हो ।
एन्फाका अनुसार बुधबार नै भद्रकाली आर्मी गेट र सातदोबाटोस्थित एन्फा कम्प्लेक्ससहित तीन ठाउँमा टिकट बिक्री हुनेछ ।
टिकट खरिदमा पनि सीमित तोकिएको छ । जसअनुसार एकजनाले अधिकतम दुईवटा भीआईपी र पाँचवटा साधारण टिकट किन्ने पाइने एन्फाले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१ १६:१५
प्रतिक्रिया दिनुहोस्