Odapalika - The Fourth Estate - चौथो अंग

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको खटनपटन, रेखदेश र निगरानीमा देशभरका स्थानीय सरकारहरुको वेबसाइट संचालन भइरहेको छ । 

यति हुँदाहुँदै पनि इच्छाशक्ति र बजेट हुने स्थानीय सरकार आफैँले स्थानीय सरकारको वेबसाइटलाई थप परिमार्जन गरेर चलाइरहेका छन् । 

तर कोशी प्रदेशमा पर्ने सुनसरीका २ वटा स्थानीय सरकारको वेवसाइटमा भने अचेल रमिता देख्न पाइन्छ । 

दुहवी नगरपालिका सुनसरीले अहिलेसम्म पनि संघीय मन्त्रालयले बनाएर पठाइदिएको वेबसाइटको टेम्प्लेट प्रयोग गर्छ । तर यो पनि नियमित छैन । यतिसम्मकी नेपाल सरकारले तयार पारेको सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्वन्धि निर्देशिकाले गरेको व्यवस्थाको न्युनतम सर्तसमेत पूरा गरेको छैन । 

वेबसाइटमा आफ्नो सामाजिक संजालको लिंकसमेत हालसम्म नराखेको यो नगरपालिकाले  महत्वपूर्ण लिंक भन्दै ५ वटा मिडियाको वेबसाइटको लिंक राखेको छ । 

उसले अनलाइनखबर, गोरखापत्र अनलाइन, द हिमालयन टायम्स, अन्नपूर्ण पोष्ट र बिबिसी नेपालीको वेबलिंक राखेको छ । 

ल हेर्नुहोस त

ddddd-1730199235.JPG
 

तर सरकारले बनाएको निर्देशिकाले भने सरकारी कार्यालयसँग सम्वन्धितबाहेकका वेबलिंकहरु राख्न नहुने भनेको छ । 

हेर्नुहोस् यसो भन्छ निर्देशिका 

यस विषयमा कुरा गर्दा मेयर बेदनारायण गच्छदारले सुरुमा स्थानीय मिडियाको लिंक राख्नु कुन नौलो कुरा भयो र भन्दै उल्टै प्रतिप्रश्न गरे । वडापालिकाको थप जिज्ञसापछि भने उनले गल्ती भएको हुनसक्ने भन्दै भने, ‘उसो भए पख्नुस् म आइटीसँग के भएको रहेछ भनेर बुझ्छु ।’ 

उता सुनसरीकै रामधुनी नगरपालिकाको सामाजिक सञ्जाल फेसवुक पेज भने लामो समयदेखि एकजना भियतनामी महिलाको कब्जामा परेको छ । 

तर नगरपालिकाका सूचना अधिकारीदेखि आइटी शाखासम्म यो विषयमा बेखबर छन् । 

नगरपालिकाले वेबसाइटमा राखेको फेसबुकको लिंक क्लिक गर्नुभयो भने त्यहा नगरपालिकासँग सम्वन्धि जानकारी भेटिदैन । 

बरु एकजना भियतनामी महिलाको प्रोफाइल खुल्छ जहाँ महिलासँग सम्बन्धित यौजनन्य सामग्रीहरुको प्रचारप्रसार गरिएको छ । 

ले हेर्नुहोस पेज

ramdhuni-1730199358.JPG
यसविषयमा रामधुनी नगरपालिका सूचना अधिकारी सुमन पौडेलले आफुलाई के भएको भनेर थाहा नभएको र खोलेर पनि नहेरेको बताउँदै आइटी हेर्ने सरोज कोइरालासँग बुझेर के भएको रहेछ भनेर बताउने प्रतिकृया दिए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update