Odapalika - The Fourth Estate - चौथो अंग
साफ महिला च्याम्पियनसिपको फाइनल हेर्न टिकट किन्नेको लाइन (फोटोफिचर) 

काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबलको नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न टिकट काट्नेको बिहानैदेखि लामो लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहान ८ बजेदेखि एन्फा कम्प्लेक्स सातदोबाटो, भद्रकाली आर्मी गेट र जावलाखेल फुटबल मैदानमा टिकट बिक्री थालेको भएपनि बिहान ३ बजेदेखि नै लाइन लाग्न सुरु भएको थियो । 

एकजनाले अधिकतम २ वटा भीआईपी र ५ वटा साधारण प्यारापिटको टिकट लिन सक्ने व्यवस्था मिलाइएको छ । सुरुमा टिकेट विक्रीका लागि निजी कम्पनीसँग सम्झौता गरेको एन्फाले पछि आफैं टिक विक्री गर्न थालेको हो । 

उपाधिका लागि नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराएर नेपाल फाइलनमा पुगेको हो भने बंगलादेशले भुटानलाई पराजित गरेको थियो ।

सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँचपटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन ।

जारी सातौँ संस्करणमा भारतलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको घरेलु टोली नेपालसँग बङ्गलादेशलाई पाखा लगाउँदै उपाधि चुम्ने अवसर छ । यसअघि ५ पटक फाइनलमा पुगे पनि उपाधिबाट बन्चित रहेको नेपाल पहिलो उपाधि जित्ने लक्ष्यमा रहँदा बंगलादेश दोस्रो उपाधिको खोजीमा छ ।

tick-1-(12)-1730267767.jpg

tick-1-(11)-1730267766.jpg

tick-1-(8)-1730267762.jpg

tick-1-(7)-1730267760.jpg

tick-1-(6)-1730267756.jpg

tick-1-(5)-1730267755.jpg

tick-1-(4)-1730267750.jpg

tick-1-(3)-1730267749.jpg

tick-1-(1)-1730267744.jpg

tick-1-(2)-1730267744.jpg

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update