Odapalika - The Fourth Estate - चौथो अंग
पेप्सीकोलामा एकसाथ ४ सवारी दुर्घटना, १० जना घाइते 

काठमाडाैँ। पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बस पल्टिदा कम्तीमा १० जना घाइते भएका छन् । 

आइतबार बिहान काठमाडौंको पेप्सिकोलामा गुडिरहेको बस पल्टँदा गुडिरहेको स्कुटर, बाइकर जिपमा समेत ठक्कर दिएको थियो । जसमा चारवटा सवारी एक आपसमा दुर्घटनामा परेका छन् । 

जसमा कम्तीमा १० जना घाइते भएको बताइएको छ । घाइतेमध्ये ७ जनालाई सिभिल अस्पताल बानेश्वर उपचारको लागि ल्याइएको महानगरीय प्रहरी प्रभाग काँडाघारीले जानकारी दिएको छ । सामान्य घाइते भएकालाई पेप्सीकोलाकै स्थानीय अस्पतालमा उपचारका लागिलगिएको छ । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update