Odapalika - The Fourth Estate - चौथो अंग
७५३ स्थानीय तहमा पठाइयो सहकारी ठगी सम्बन्धी प्रतिवेदन, सुझाव कार्यान्वयन गर्न आग्रह

काठमाडौँ । संघीय सरकारले सहकारी ठगीबारे छानविन गर्न गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै ७५३ वटै स्थानीय तहमा पत्राचार गरेको छ । 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहमा समितिको प्रतिवेदन कार्यान्वयन गर्न आग्रह गरेको हो । 

मन्त्रालयले आज देशभरका स्थानीय तहलाई पत्राचार गरेर सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानविन विशेष समितिको प्रतिवेदनमा उल्लेख भएका सुझाव र शिफारिसहरु कार्यान्वयन गर्न भनिएको हो । 

सांसद सूर्य थापाको नेतृत्वमा बनेको समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयनका लागि सम्बन्धीत निकायमा पठाइरहेको छ । 

यही प्रतिवेदनका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेता र सहकारी ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान प्रकृया अघि वढाइसकेको छ । 

सहकारीको दर्ता र नियमन जस्ता काममा स्थानीय सरकारको भूमिका र जिम्मेवारी हुने भएकाले सरकारले सो प्रतिवेदनले औँल्याएका शिफारिस  र सुझाव कार्यान्वयनका लागि स्थानीय तहमा पठाइएको संघीय सरकारको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १४:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update