Odapalika - The Fourth Estate - चौथो अंग
संविधान दिवस मनाउन संघीय सरकारको यस्तो छ तयारी 

काठमाडौँ । सरकारले संविधान दिवस विविध रचनात्मक कार्यक्रमसहित ३ दिन मनाउने निर्णय गरेको छ । 

आइतबार बिहान सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले सो निणर्य गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकले असोज २, ३ र ४ गते विविध  कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताए । 

‘२ गते स्मारिका प्रकाशन, सम्वाद, परिसम्वाद, संविधानको बारेमा अन्तरक्रिया कार्यक्रम र छलफल हुन्छ । ३ गतेका दिन सैनिक मञ्चमा विशेष समारोह हुन्छ र देशव्यापी रुपमा भव्य समारोह हुन्छ । त्यसको लागि ३ दिनको कार्यक्रम तय भएको छ । विदेश स्थित राजदुतावासमा कुटनीतिक नियोगहरुमापनि यो दिवस मनाउन र तीनै दिन सम्म दिपावली गरेर संविधानदिवस मनाउने कार्यक्रम छ,’ मन्त्री ज्वालाले भने ।

३ असोजमा सैनिक मञ्च टुंडिखेलमा संविधान दिवस विशेष समारोह गर्ने, विभिन्न मठ, मन्दिर, गुम्बा, धार्मिक एवं सांस्कृतिक संघसंस्था, शैक्षिक प्रतिष्ठानहरूमा संविधान दिवस मनाउने र साँझ दीपप्रज्ज्वलन गर्ने लगायतका कार्यक्रम गर्ने निर्णय भएको छ । 

यस्तै, असोज ४ गते जागरणमूलक कार्यक्रमका साथै दीपप्रज्जवल गर्ने र नेपालस्थित नेपालीदूतावास, कुटनीतिक नियोग तथा वाणिज्य दूतावासका र उपत्यकाबाहिर पनि विविध कार्यक्रम गर्ने सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update