काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि कीर्तिपुर मेयर पदमा माओवादीले महर्जनलाई उम्मेदजार बनाउने निर्णय गरेको हो ।
मेयर राजकुमार नकर्मीको निधन भएकाले उपनिर्वाचन हुन लागेको कीर्तिपुरमा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाको नेतृत्वमा बसेको कीर्तिपुर नगरसमितिको बैठकले महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कीर्तिपुर मेयरमा नेकपा एमालेले डा. सुरेन्द्र मानन्धर र राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्रुव महर्जन उम्मेदवार बनाउने निर्णय गरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१ १२:०९
प्रतिक्रिया दिनुहोस्