Odapalika - The Fourth Estate - चौथो अंग
नलगाड नगरपालिकाको उपप्रमुखमा एमालेबाट सुनिता बोहोरा प्रतिस्पर्धामा  

काठमाडौँ । जाजरकोटको नलगाढ नगरपालिकाको उपप्रमुखमा एमालेले सुनिता बोहोरालाई उम्मेदवार बनाउने भएको छ । 

उनी यसअघि उपप्रमुखमा पराजित उम्मेदवार हुन् । एमाले जाजरकोट जिल्ला कमिटी उपसचिवसमेत  रहेकी बोहोरालाई उपमेयरको उम्मेदवार बनाउने निर्णय गरेको एमालेले जनाएको छ ।

जाजरकोट केन्द्रविन्दु भई आएको भूकम्पमा परी नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको मृत्यु भएको थियो । उपमेयर सिंहको  मृत्यु भएपछि रिक्त रहेको उपमेयरको पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । अन्य दलले भने उम्मेदवार टुंगो लगाइसकेका छैनन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update