-1720945163.jpg)
काठमाडौँ । सहकारीको रकम संगठित रुपमा अपचलन गरेको अभियोगमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने थप १० दिन हिरासतमै बस्ने भएका छन् ।
कास्की जिल्ला अदालतले लामिछानेलाई हिरासतमा राखेर थप १० दिन अनुसन्धान गर्न अनुमति दिएसँगै उनी थुनामा रहने भएका हुन् । अदालतले अघिल्लाे पटक थप भएकाे म्याद सकिएकाे दिनबाट लागु हुनेगरी १० दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।
लामिछानेमाथि तेस्रोपटक म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले रविमाथि थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । जिल्ला सरकारी वकिल कार्यालयले २५ दिन म्याद थप गर्न अनुमति मागेको थियो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका पहिलोपटक कात्तिक ४ गते ५ दिनको म्याद थप गरेको थियो । पुनः दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो । म्याद कात्तिक १४ गते सकिएपनि तिहार बिदा भएकाले आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।
रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।