काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाअध्यक्षमा नेकपा एमालेले वडाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ ।
एमालेको महानगर वडा कमिटी बैठकले लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार सिफारिस गरेको पार्टीले जनाएको छ । तुलाधरको एकल नाम सिफारिस भएको नगर कमिटिीका सरिन श्रेष्ठले जानकारी दिए ।
गएको निर्वाचनमा कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१ ०७:१६
प्रतिक्रिया दिनुहोस्