Odapalika - The Fourth Estate - चौथो अंग
जीतपुरसिमराका ३७ जनप्रतिनिधिले मागे विशेष नगरसभा, मेयरका अधिकार कटौटीको प्रस्ताव 

काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारी सहित ३७ जना नगरसभा सदस्यहरूले विशेष नगरसभाको माग गर्दै नगर प्रमुखसमक्ष निवेदन पेस गरेका छन् । 

लामो सयमदेखि मेयरसँग उपमेयरसहित बहुमत नगरसभा सदस्यहरुको बिववाद जारी छ । 

यो विवादबीच बहुमत भन्दा वढी नगरसभा सदस्यले विशेष नगरसभाको माग राख्दै निवेदन दिएको उपमेयर अधिकारीले बताए । 

चालु आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम पेश गर्ने बेलादेखि नै यहाँ जनप्रतिनिधिबीच चरम विवाद छ । 

मेयरले नगरसभा संचालन सम्वन्धी कार्यविधिमा रहेको बैठकको गणपुरक संख्या सम्वन्धी व्यवस्थालाई टेकेर एकलौटी ढंगले बजेट ल्याएको भन्दै यहाँका जनप्रतिनिधि मेयरसँग रुष्ट छन् । 

हेटैडा उपमहानगरपालिकाका २५ प्रतिशत नगरसभा सदस्यले पनि केहीदिन अघि विशेष नगरसभाको माग राखेपछि विवादमा रहेको जीतपुरले पनि यो बाटो अवलम्बन गरेको हो । 

उपमेयरका अनुसार नगरसभामा नियमावली संशोधन लगायतका ७ वटा एजेण्डा छन् । जुन पारित भए हाल मेयरले एकलौटी प्रयोग गर्दे आएका अिधकांश अधिकार कटौती भइ नगरसभा र नगर कार्यपालिकामा पुग्नेछन् । 

दशौं नगरसभादेखि को  विवाद बढ्दै जाँदा हाल नगरसभा सञ्चालन नियमावली देखि नगर कार्यपालिका नियमावली शंसोधनमार्फत हाल नगर प्रमुखलाई प्राप्त अधिकांश अधिकार कटौती गरी नगर कार्यपालिकामा ल्याउन प्रस्ताव गरिएको हो । 

हाल कार्यपालिकामा अल्पमतमा रहेका नगर प्रमुख राजन पौडेललाई नियमावली शंसोधन गरी नियन्त्रणमा राख्ने योजना अनुसार नै नियमावलीमा व्यापक फेरबदल गर्नुपर्ने प्रस्ताव सहित विशेष नगरसभा माग गरिएको मेयर पक्षधर जनप्रतिनिधिको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  ११:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update