Odapalika - The Fourth Estate - चौथो अंग
एमालेले टुंग्यायो कीर्तिपुर नगरपालिकाको मेयरसहित चारै पदका उम्मेदवार  

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ जिल्लामा हुन लागेको स्थानीय तह उपनिर्वाचनको उम्मेदवार टुंग्याएको छ । एमालेले काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर, दुई वडाध्यक्ष र काठमाडौँ महानगरको एक वडाध्यक्ष पदका उम्मेदवार टुंग्याएको हो । 

बुधबार महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको एमाले जिल्ला कमिटी काठमाडौँको बैठकले कीर्तिपुर मेयरमा डा सुरेन्द्र मानन्धरको नाम सर्वसम्मत टुंग्याएको हो । 

साथै कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । 

यसैगरी, एमाले बैठकले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने सर्वसम्मत सिफारिस गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update