Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेस–एमालेले बनाए स्थानीय तहसम्मको संयन्त्र, केन्द्रको नेतृत्व खड्का र पोखरेलको

काठमाडौँ । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन संयन्त्र बनाएका छन् ।

दुबै दलका पदाधिकारी संलग्न रहेको केन्द्रीय संयन्त्र बनाइएको हो । केन्द्रको नेतृत्व कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् ।

संयन्त्रमा कांग्रेसबाट महामन्त्री गगन थापा तथा केन्द्रीय सदस्यहरु रमेश लेखक र आरजु राणा छन् । लेखक गृहमन्त्री छन् भने राणा परराष्ट्र मन्त्री छन् ।

यस्तै एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् । पौडेल उपप्रधान तथा अर्थमन्त्री पनि हुन भने रिमाल प्रधानमन्त्रीको प्रमुख सल्लाहकार छन् ।

यो संयन्त्रलाई प्रदेश र स्थानीय तहसम्म विस्तार गरेर सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update