Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनका लागि कांग्रेसले तोक्यो १० कमान्डर, कहाँ को ?

 

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि कमान्डर तोकेको छ । बिहीबार महामन्त्री विश्वप्रकाश शर्माको अध्यक्षतामा‘स्थानीय तह उपनिर्वाचन २०८१ केन्द्रीय संयोजन समितिको बैठकले प्रदेशसहित विभिन्न संगठनको कमान्डर तोकेको हो ।

आउँदो मंसिर १६ गते ४४ पदका लागि स्थानीय तहको उपनिर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवार दर्ताको कार्यक्रम छ भने दलहरुले उम्मेदवार टुंग्याउने कार्य गरिरहेका छन् । 

यही बेला आफ्ना उम्मेदवारलाई जिताउन कांग्रेसले प्रदेशदेखि अन्तरपार्टी समन्वयको कमान्डर तोकेको हो । 

जसअनुसार कोशी प्रदेशमा भीष्मराज आङ्दम्बे, मधेश प्रदेशमा महेन्द्र यादव, बागमती प्रदेशमा महालक्ष्मी उपाध्याय ‘डिना’,  कर्णाली प्रदेश एवं गण्डकी प्रदेशमा जीवन परियार, सुदूरपश्चिम प्रदेशमा एनपी साउद, लुम्बिनी प्रदेश एवं निर्वाचन आयोग समन्वयमा पुष्पा भुसाल, अन्तरपार्टी समन्वयमा डा. प्रकाशशरण महत, प्रचारप्रसार संयोजनमा मीन विश्वकर्मा, स्थानीय तह समन्वयमा  मधु आचार्य र सचिवालय व्यवस्थापनमा नानु बाँस्तोलालाई कमान्डर तोकिएको छ । 

ती कमान्डरले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिसँग आवश्यक, समन्वय र सहजीकरण गर्नेछन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update