काठमाडौँ । नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । बिहीबार उम्मेदवारी घोषणा कार्यक्रममा डा. मानन्धरले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत रहेका मानन्धरले कीर्तिपुरका जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।
साथै, एमालेले कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने भएको छ ।
आउँदो मंसिर १६ गते हुन लागेको उपनिर्वाचनका लागि कीर्तिपुर मेयर पदमा नेकपा माओवादी केन्द्रले प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१ १३:२२
प्रतिक्रिया दिनुहोस्