Odapalika - The Fourth Estate - चौथो अंग
चाँगुनारायणका हरेक घरमा २ वटा एभोकाडो अनिवार्य 

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरलाई ‘एभोकाडो सिटी’का रुपमा विकास गर्ने भएको छ । 

‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अन्तर्गत नगरपालिकाको पहलमा हरेक घरले २ वटा एभोकाडो अनिवार्य लगाउनुपर्ने नीति पालिकाको छ । 

बागमतीका प्रदेशका मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डिपी ढकालले स्थानीयलाई एभोकाडोको बिरुवा हस्तान्तरण गरेर अभियान सुरु गरेका छन् । 

अर्यालका अनुसार आगामी ३ वर्षभित्र नगरपालिका क्षेत्रभित्रका १७ हजार ६८३ घरधुरीमा २ वटाका दरले एभोकाडोको बिरुवा रोपिने योजना छ ।

विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर रहेको यो नगरले एभोकाडोको समेत पहिचान बनाउन खोजेको नगरपालिकाले जनाएको छ । 

यो अभियानका संयोजक नरेश खड्काका अनुसार स्थानीयले निःशुल्क रुपमा एभोकाडोको विरुवा पाउनेछन् । 

केही वर्षयता नेपालमा एभोकाडोको व्यावसायिक खेत गर्न थालिएको छ । एभोकाडोको एउटा बोटले तीन वर्षदेखि फल दिन थाल्ने र एउटा बोटले ३ क्विन्टलसम्म फल दिने विज्ञहरु बताउँछन् ।
 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update