काठमाडौँ । नेकपा एमालेले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा केशकुमारी तुलाचनलाई अघि सारेको छ ।
एमाले जिल्ला कमिटीको उपसचिवसमेत रहेकी तुलाचनलाई उपाध्यक्षको उम्मेदवार बनाउने भएको हो । सिफारिस भएर आएकामध्येबाट जिल्ला कमिटीले उनको नाम टुंग्याएको हो ।
साथै, वडा नम्बर २ को वडाध्यक्षमा जीवन रोका मगरलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
२०७९ सालमा भएको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएकी पालिका उपाध्यक्ष भुपेन्द्र बुढा र वडाध्यक्ष जसबहादुर सिर्पालीको गत भदौ २८ गते सवारी दुर्घटनामा निधन भएपछि रिक्त पदपूर्तिका लागि उपनिर्वाचन हुन लागेको हो ।
देशभरका विभिन्न स्थानीय तहमा रिक्त रहेका ४२ पदका लागि आउँदो मंसिर १६ गते उपनिर्वाचन हुन लागेको छ । सो उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेकाले राजनीतिक दलहरुले उम्मेदवारको टुंगो लगाउने कार्यमा जुटेका हुन् ।