Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचन : यही हुन् राप्रपाका २२ चुनावी कमान्डर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि २२ चुनावी कमान्डर तोकेको छ । 

राप्रपाले धवलशम्शेर जबरा, भक्ति सिटौला, प्रल्हाद साह, प्रदीपकुमार उदय, राजेन्द्र गुरूङ, समृद्धि राणा, ज्ञानबहादुर शाही, भरत गिरी, दीपकबहादुर सिंह, रोशन झा, सोभित उप्रेती, राजन खतिवडा, प्रकाश रिमाल, उद्धव थापा, झनक प्याकुरेल, राजराज कोइराला, कुन्तीकुमारी शाही, दिपबहादुर शाही, शौरेन्द्रबहादुर शाह, अंगद बुढा, धर्मराज जोशी र प्रेम बलायरलाई चुनावी कमान्डर तोकेको हो । 

यी कमान्डरले मंसिर १६ गते स्थानीय तहमा रिक्त ४२ पदपूर्तिका लागि हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन आवश्यक रणनीति बनाउनेदेखि भूमिका निर्वाह गर्नेछन् । 

मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुँदै छ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update