Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनका लागि यी हुन् रास्वपाका प्रादेशिक कमाण्डर 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । 

बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि  बढाउनविभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथ ैप्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरेको हो  ।

जसअनुसार कोशी प्रदेशमा केन्द्रीय सदस्य तथा सांसद निशा डाँगीले कमान्ड सम्हाल्ने  छिन् । मधेसमाडा.चन्दा कार्की, बाग्मतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार कमाण्डर तोकिएका छन् । यस्तै लुम्बिनीमा  कुसुममहर्जन, कर्णालीमा लिमा अधिकारी र सुदरपश्चिममा विष्णुकुमार श्रेष्ठले जिम्मेवारी पाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update