Odapalika - The Fourth Estate - चौथो अंग
नलगाड नगरपालिका उपप्रमुखमा  इन्द्रा र सुनिताबीच प्रतिस्पर्धा पक्का 

काठमाडौँ । आगामी १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले जाजरकोटका दुई स्थानीय तहका लागि  उम्मेदवारको टुङ्गो लगाएको छ । सम्बन्धित पालिकामा पार्टीको समितिले उम्मेदवारको टुङ्गो लगाएको हो ।

कांग्रेस प्रदेश समितिका सभापति ललितजङ्ग शाहीले नलगाड नगरपालिकाको उपप्रमुखको उम्मेदवारमा इन्द्रा चन्द सिंहको नाम सिफारिस गरिएको जानकारी दिए । यस्तै कुशे गाउँपालिका–७ को वडाध्यक्षमा खम्बबहादुर सिंहको नाम सिफरिस गरेको छ । 

नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको २०८० कात्तिक १७ गते भू–कम्पमा परी निधन भएपछि उक्त पद रिक्त भएको हो । 

यस्तै कुशे–७ का वडाध्यक्ष मनबहादुर घर्तीको २०७९ असारमा निधन भएको थियो । नलगाड नगरपालिकामा एमालेले उपप्रमुखमा सुनिता बोहरालाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्रले हालसम्मा आफ्नो उम्मेदवारको नाम छनोट गरेको छैन ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update