Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसले ग्रामथानको अध्यक्षमा बलराम सरदारलाई अध्यक्षमा उठाउने

मोरङ । नेपाली कांग्रेसले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बलराम सरदारलाई उम्मेदवार बनाउने भएको छ । 

निर्वाचन आयोगले विभिन्न स्थानीय तहमा रिक्त ४२ पदका लागि मंसिर १६ गते उपनिर्वाचन गर्दै छ । मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेकाले दलहरु उम्मेदवार टुंगो लगाउने कार्यमा जुटिरहेका छन् । 

सोही क्रममा कांग्रेसको मोरङको संसदीय समिति बैठकले ग्रामथानको अध्यक्षमा सरदारलाई उठाउने निर्णय गरेको हो । उनी कांग्रेस पूर्वमहासमिति सदस्यसमेत हुन् । 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाटै अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदारको हृदयाघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

यसअघि माओवादी केन्द्रले मनोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउन निर्णय गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update