काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ । विश्व प्रविधिमैत्री हुँदै जाँदा ४२ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनमा आयोगले विद्युतीय मेसिन प्रयोग नगर्ने भएको छ ।
छिटो छरितो, विश्वसनीय, कम खर्च हुने भए पनि विद्युतीय मतदान मेसिन (ईभीएम) प्रयोग नगर्ने तयारीमा आयोग पुगेको छ । आयोगले आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा कागजकै मतपत्र प्रयोग गर्ने भएको छ ।
यसअघि केही उपनिर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरेको आयोगले यसपटक भने ईभीएमको सट्टा कागजकै मतपत्र प्रयोग गर्ने भएको हो ।
राजनीतिक दल ईभीएम प्रयोग गर्न सहमत नभएपछि आयोगले कागजकै मतपत्रबाट स्थानीय तहको उपनिर्वाचन गराउने तयारी गरेको हो ।