Odapalika - The Fourth Estate - चौथो अंग
किर्तिपुरको मेयरमा अभियन्ता मानवको स्वतन्त्र उम्मेदवारी, हर्क सम्पाङ बने समर्थक

काठमाडौँ । १६ मंसिरमा हुने सथनीय तह उपनिर्वाचनमा किर्तिपुर नगरपालिकाको मेयरमा एकजना अभियन्ताले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । 

सरसफाइ अभियन्ता राजमान मानवले उम्मेदवारी घोषणा गरेका हुन् । उनी सरसफाई अभियान चलाउँदै किर्तिपुरदेखि देशभरको यात्रामा निस्कने गरेका छन् । 

किर्तिपुरमा सरसफाइ र संस्कृतिक अभियन्ताका रुपमा आफुलाई सबैले चिन्ने भएकाले आफ्नो जति सुनिश्चित रहेको उनको भनाइ छ । 

मानवलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका छन् । 

उनले आफ्नो स्तन्त्र समूहले मानवलाई मेयरका रुपमा अघि सारेको भन्दै जिताउन आह्वान गर्दै सामाजिक संजालहरुमा पोष्ट गरिरहेका छन् । 


 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update