Odapalika - The Fourth Estate - चौथो अंग
न्यून चापीय प्रणालीको असरः यी प्रदेशमा हुनेछ हल्का वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीको उत्तर पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभावका कारण नेपालका केही भूभागमा आजपनि सामान्य वर्षाकाे सम्भावना छ । 

देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको समेत सम्भावना छ । 

राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी  प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update