Odapalika - The Fourth Estate - चौथो अंग
अदालतकाे आदेशविरुद्ध सिंहदरबारभित्रै कर्मचारीकाे आन्दोलन 

काठमाडौँ । देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । सर्वोच्च अदालतको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्ने माग गर्दै नेपाल प्रशासन सेवाका कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल विविध सेवाका प्राविधिक कर्मचारीलाई स्वतः बढुवा गरी समायोजन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि विरोध प्रदर्शन गरेका हुन् । 

‘प्रशासन सेवा बचाउ अभियान’ नै बनाएर कर्मचारीले मन्त्रालयमा धर्नासमेत दिए । 
 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update