Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति 
फाइल तस्बिर

काठमाडौँ । सहकारीको ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । 

आइतबार  जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले जिल्ला प्रहरी कार्यालय कास्कीलाई लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सहकारी गठी प्रकरणमा अनुसन्धानका लागि लामिछाने यही कात्तिक २ गते पक्राउ परेका थिए । प्रहरीले उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ ।

कास्की प्रहरीको नियन्त्रणमा रहेका लामिछानेविरुद्ध सहकारी गठीमाथिकै अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।  
 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १६:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update