Odapalika - The Fourth Estate - चौथो अंग
संघीय संसदका दुबै सदनको बैठक आज, यस्ता छन् कार्यसूची 

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद् भवन सचिवालयले सार्वजनिक गरेको प्रतिनिधिसभाको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरू सोधिने र त्यसको उत्तर दिइने भएको छ । 

साथै, सभामुख देवराज घिमिरेले ‘केही नेपाल  ऐनलाई संसोधन गर्न बनेको विधेयक २०८० माथि बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।  

राष्ट्रियसभामा भने विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update