Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तह उपनिर्वाचनः उदयपुरमा कांग्रेस र माओवादीका उम्मेदवार तय 

काठमाडौँ । १६ मंसिरमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवार टुंगो लगाएका छन् ।

त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ को रिक्त वडाअध्यक्ष पदका लागि कांग्रेस र माओवादी केन्द्रले उम्मेदवारको टुङ्गो लगाएका हुन् ।

कांग्रेसले त्रियुगा–१२ को वडाध्यक्षमा सञ्जीव काफ्लेको नाम सिफारिस गरेको कांग्रेस त्रियुगा नगरपालिकाका सभापति प्रकाश खड्काले जानकारी दिए ।

यस्तै, बेलका–९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको निर्वाचन क्षेत्र नं १ का पार्टी सभापति खगेन्द्र राईले बताए ।    

माओवादी केन्द्रले त्रियुगा–१२ को वडाध्यक्षमा नवीन वान्तावा राई र बेलका–९ को वडाध्यक्षमा भरत घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्र उदयपुरले जनाएको छ  ।एमालेले भने उम्मेदवार तय केही दिनभित्र गर्ने जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update