काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को उपनिर्वाचनको उम्मेद्वार टुङ्गाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षका लागि मंसिर १६ मा उपनिर्वाचन हुनेछ । आइतबार वडा,नगर र जिल्ला कार्यसमितिको सयुक्त बैठकले आशा बिर बललाई वडा अध्यक्षको उम्मेदवारमा रास्वपा मकवानपुरले अघि सारेको हो ।
‘हेटौंंडा उपमहानगरपालिका वडा नम्बर १२ मा विभिन्न समाजिक कार्यहरूमा सहभागिता जनाउँदै आइरहेका बललाई रास्वापाको उमेद्वार पाएका छाैँ, आशा बिर बल सक्षम उमेद्वार हुनुहुुन्छ’ नगर सभापति धुर्वबहादुर विष्टले भने ।
उक्त रिक्त रहेको पदमा रास्वपाले सर्वाधिक मत ल्याएर वडा अध्यक्ष पदमा निर्बाचित हुनेमा कुनै शंका नरहेको मकवानपुर क्षेत्र नम्वर १ सभापति टाकाराज थापाले दाबी गरे ।
‘हाम्रो उमेद्वावार पुराना दल भन्दा कुनैपनि कुराले कमजोर छैन ।’ रास्वपा मकावानपुरका सभापति भरत पराजुलीले भने । ‘यो पल्ट हेटौडा– १२ नम्बर का जनता सचेत छन् । पक्कैपनि देशको राजनीति अवस्था अबलम्बन गरेर मतदान गर्नु हुनेछ भन्नेमा हामी ढुक्क छौँ ।’ उनले थपे ।
यसैगरि अन्य उम्मेद्वारमा रास्वपा बाट आशाबिर बल ,एकीकृत समाजवादी बाट बलराम बल ,राप्रपा प्रेम लामा ब्लोन ,कांग्रेस बाट सम्भावित अर्जुन तिवारी ,एमाले बाट सम्भावित राजेश नगरकोटी र माओवादी बाट सम्भावित रबिन प्रधान छन् ।