काठमाडौँ । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको उपनिर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदवारको नाम अनुमोदन गरेको छ ।
सोमबार बिहान बसेको पार्टी पदाधिकारी बैठकले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि तल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारको नाम अनुमोदन गरेको पार्टी उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।
उनका अनुसार बैठकले उपनिर्वाचनका लागि प्रदेश र जिल्ला कमिटीबाट सिफारिस भएका उम्मेदवारहरूको नाम अनुमोदन गरेको हो ।
आउँदो मंसिर १६ गते स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि उपनिर्वाचन हुँदै छ ।
साथै माओवादीले मंसिर मसान्तसम्म पालिका सम्मेलन गर्ने तथा खबरदारी सभा गर्ने निर्णय पनि गरेको छ ।
सोही बैठकले आउँदो पुस २ गते केन्द्रीय समिति बैठक पनि आह्वान गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले बताए ।