Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल–भारत ऐतिहासिक क्रिकेट आज, खेल हेर्न स्कुल छुट्टी 

काठमाडौँ । नेपाल र भारतबीच हुने ऐतिहासिक खेल हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज विद्यालयमा बिदाको घोषणा गरेको छ ।

उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाले जारी गरेको सूचना अनुसार आज २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगर्न सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिइएको छ । 

‘जनकपुरधाम उप महानगरपालिका अन्तर्गत राम जानकी बहुउद्देश्य अन्तराष्ट्रिय रंगशाला निर्माण, विद्यार्थीहरूमा खेल भावना र एशिय कपमा नेपाल र भारत सँग हुने खेलमा नेपाल गौरवान्वित महशुश गरेकोले टिमको हौसला बढाउन कुनै पनि कक्षा सञ्चालक नगरी बिदा गरिदिनुहुन आदेशानुसार अनुरोध छ,’ सुचनामा भनिएको छ । 

आज एसिया कपमा भारत–नेपाल बिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार दिउँसो ३ः ४५ मा श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update