काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचन हुने ४४ स्थानमध्ये ३० स्थानको उम्मेदवार टुंगो लगाएको जनाएको छ ।
आज बसेको पदाधिकारी बैठकले स्थानीय तह हुँदै जिल्ला र प्रदेश कमिटीबाट शिफारिस भएर आएका नामध्ये मेयर, उपमेयर, अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षमा गरी ३० जनाको नाम टुंगो लगाएको जनाएको छ ।
माओवादीले टुंगो लगाएका मेयर/उपमेयर र अध्यक्ष/उपाध्यक्ष
काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुखः प्रा.डा. शिवशरण महर्जन
मोरङको ग्रामथान गाउँपालिका अध्यक्षः नमोनारायण माझी
दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षः निमलेकी शेर्पा
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्षः ज्ञानदेवी पुन
दैलेखको महाबु गाउँपालिका अध्यक्षः जंग बराल
जाजरकोटको नलगाड नगरपालिका उपप्रमुखः देवका लामिछाने
माओवादीले टुंगो लगाएका वडा अध्यक्षहरु
झापाको कन्काई नगरपालिका–६ः गणेश थापा
तेह्रथुमको लालिगुराँस नगरपालिका–८ः कुमार बराइली
सुनसरीको गडी गाउँपालिका–६ः कुशेश्वर खेरवार
उदयपुरको त्रियुगा नगरपालिका–१२ः नविन वान्तवा राई
बेलका नगरपालिका–९ः भरत घिमिरे
सप्तरीको डाक्नेश्वरी नगरपालिका–१, प्रमोद कुमार चन्द
डाक्नेश्वरी नगरपालिका–४ः विन्दादेवी राम
धनुषाको धनुषाधाम नगरपालिका–१ः सुनिल कुमार कापर
महोत्तरीको रामगोपाल नगरपालिका–२ः आइपी कुमारी यादव
काठमाडौँको कीर्तिपुर नगरपालिका–१ः अष्टमान महर्जन
कीर्तिपुर नगरपालिका–४ः नारायण बिष्ट
नुवाकोटको ककनी गाउँपालिका–२ः मिलन घिमिरे
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२ः नविन प्रधान
गोरखा नगरपालिका– ५ः विष्णु राना मगर
गुल्मीको मुसिकोट नगरपालिका–१ः दुर्गा विक
रुकुम पूर्वको पुथा उत्तरगंगा–२ः जगत घर्ती
बर्दियाको ठाकुरबाबा नगरपालिका–४ः शेरबहादुर थारु
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ः नरेशजंग शाही
दुल्लु नगरपालिका–१३ः धकेन्द्र शाही
कालिकोटको तिलागुफा नगरपालिका–४ः कमल शाही
कुसे गाउँपालिका–७ः गोरख नेपाली
रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५ः जसीराम बस्नेत
डोटीको पूर्वीचौकी गाउँपालिका–६ः देवीलाल थापा
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ः नानाराम कोली