Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसले खटायो मधेशमा हुने उपनिर्वाचनका लागि नेता, को कहाँ ?

काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मधेश प्रदेशमा नेताहरु खटाएको छ । मधेश प्रदेशमा हुने स्थानीय तहको उपनिर्वाचनको परिणाम आफ्ना उम्मेदवारको पक्षमा पार्न कांग्रेसले नेता खटाएको हो । 

कांग्रेस मधेस प्रदेश समितिको बैठकले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेताहरुलाई जिल्लागत जिम्मेवारी तोकेको हो । 

जसअनुसार, धनुषामा रामशरोज यादव, सप्तरीमा महामन्त्री उपेन्द्र यादव र सहमहामन्त्री पर्शुराम चौधरी, महोत्तरीमा नरेन्द्र यादव, रौतहटमा सहमहामन्त्री जयनारायण यादव, प्रदेश सदस्य सूर्यबहादुर थापा खटाइने भएको छ । 

सप्तरी २, धनुषा १, महोत्तरी १ र रौतहट ३ का गरी ७ वडाअध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम रहेको छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update