Odapalika - The Fourth Estate - चौथो अंग
पक्राउ परे दीपक मनाङ्गे
फाइल तस्बिर

काठमाडौँ । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) पक्राउ परेका छन् । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका उनलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो । 

यही कात्तिक २० गते सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

दीपक मनाङेको समूहले २०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । सोही घटनामा उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर अदालतले गरेको हो । 

अब प्रहरीले फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गराउनेछ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update