Odapalika - The Fourth Estate - चौथो अंग
कोशीका मुख्यमन्न्त्रीको विश्वासको बैधानिकता परीक्षण आजबाट

काठमाडौँ । कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको आजबाट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । 

हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेअनुसार सोमबारबाट पूर्ण इजलासमा सुनुवाइ हुन लागेको हो । जस अनुसार अब कम्तीमा ३ जना न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि सुनुवाइ हुनेछ । 

मुख्यमन्त्री थापाले बैठकको सभाध्यक्षसहितको मतसमेत जोडेर विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैरसंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update