काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले विभिन्न कारणले विदेश भ्रमणमा गएका र भ्रमणका लागि मनोनयनमा परेको कर्मचारीको विवरण उपलव्ध गराउन पत्राचार गरेको छ ।
देशभरका सरकारी निकाय र स्थानीय तहहरुलाई पत्राचार गर्दै प्रधानमन्त्री कार्यालयले २ दिनभित्रमा यस्तो विवरण उपलव्ध गराउन भनेको हो ।
प्रधानमन्त्री कार्यालयले अध्ययन, भ्रमण र तालिमका लागि विदेशमा गएका र जानका लागि मनोनयनमा परेका सरकारी कर्मचारीको विवरण उपलव्ध गराउन भनेको हो ।
यस्तो विवरण उपलव्ध गराउदा भ्रमणका गएका कर्मचारी कार्यरत निकाय, भ्रमणको उद्देश्य, भ्रमण गर्ने अवधि र भ्रमण गर्ने देशसमेत खुलाएर विवरण पठाउन भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१ १७:०६
प्रतिक्रिया दिनुहोस्