Odapalika - The Fourth Estate - चौथो अंग
एक महिनापछि खुल्यो राहत र बजेट विवादमा नगरपालिकामा लगाइएको ताला

काठमाडाैँ । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका र विभिन्न वडा कार्यालयमा लागाइएको ताला खुलाइएको छ । 

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा नगरप्रमुख वीरेन्द्र माझी, वडाध्यक्षहरु, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र बाढीपीडित आन्दोलनरत पक्षबीच भएको सहमतिअनुसार एक महिनापछि आज ताला खुलाइएको हो ।

गत असोज २५ गतेदेखि गरिएको तालाबन्दीले नागरिकमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अब यस्तो कार्य नगर्ने प्रतिबद्धतासहित ताला खोल्ने निर्णय भएको बैठकमा सहभागी हनुमाननगर कंकालिनी नगरपालिका–५ का अशोककुमार यादवले बताए । 

राहत वितरणमा पक्षपात गरेको भन्दै बाढी तथा डुबानपीडितले नगरका वडा नं ५, ६, ७, १२ र १३ को वडा कार्यालयमा समेत तालाबन्दी गरिएको थियो । जसले सम्पूर्ण कामकाज ठप्प भई जनजीवन प्रभावित बनेको थियो । 

वडा कार्यालय र नगरपािलकाको सेवा सुरु गर्दै १० दिनभित्र नगरसभा गरी कर्मचारीको तलब भत्ता वितरण गर्नेसमेत सहमति भएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update