Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दियाे

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले गर्भवती र सुत्केरीलाई अस्पतालसम्म जान र अस्पतालबाट घर फर्कन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । 

सुत्केरी र नजजात शिशुको स्वास्थ्यमा प्रतिकूल असर नपरोस् भन्ने उद्देश्यका साथ गाउँपालिकाले घरबाट अस्पताल जान र अस्पतालबाट घरसम्म आउन निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । 

घरमा नै सुत्केरी हुँदा आमा र नवजात शिशुको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले उनीहरुलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ । 

यो सेवाले घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्ने आँधीखोला गाउँपालिकाको अपेक्षा छ । 

पालिकाभित्रका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले जानकारी दिए । 

आफूहरुले गर्भवती र सुत्केरीका साथै अन्य अतिविपन्न वर्गका बिरामीलाई पनि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए । 

आँधीखोला गाउँपालिकामा तीनवटा स्वास्थ्य संस्था छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update