Odapalika - The Fourth Estate - चौथो अंग
लेकम गाउँपालिकामा ८ कक्षासम्म अब हाम्रो लेकम पढाइ हुने 

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकाले कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक ‘हाम्रो लेकम’को पठनपाठन थालेको छ । 

आइतबारबाट पाठ्यपुस्तक लागु गरिएको पालिकाले जनाएको छ ।  गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, वडाअध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षाविद् र शिक्षाप्रेमीहरूलाई बोलाएर पालिकाले पाठ्यपुस्तकको बिमोचनसमेत गरेको छ । 

लेकम गाउँपालिकाले गत वर्ष नै स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक बनाउन थालेको थियो । पाठ्यक्रममा आधारित पाठ्यपुस्तक तयार भएको गाउँपालिकाले बिमोचन समारोहमा जानकारी दिएको छ । पाठ्यपुस्तक लेकमभरीका विद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन हुने बताइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update