काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दैलेखको महाबु गाउँपालिका अध्यक्ष पदका लागि प्रकाश कुमार बुढालाई उम्मेदवार बनाएको छ ।
आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा महाबुमा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । रास्वपाले बुढालाई उम्मेदवार बनाएको हो । उनी रास्वपा दैलेख जिल्ला उपसभापति पनि हुन् ।
संघीय संसदमा मात्र प्रतिनिधित्व गर्दै आएको रास्वपाले पहिलोपटक स्थानीय तहको निर्वाचनमा होमिएको हो ।
स्थानीय तहमा रिक्त ४४ पदपूर्तिका लागि मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक २८, २०८१ १७:२९
प्रतिक्रिया दिनुहोस्