उदयपुर । स्थानीय तहको उपनिर्वाचन हुन लागेको उदयपुरमा दुईवटा वडाध्यक्ष पदमा पाँच राजनीतिक दल प्रतिस्पर्धामा उत्रिएका छन् ।
त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्ष र बेलका नगरपालिकाको वडा नम्बर ९ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गर्न हालसम्म पाँच राजनीतिक दलले उम्मेदवारको नाम नाम सार्वजनिक गरेका हुन् ।
आउँदो मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा नेपाली कांग्रेसले सञ्जीव काफ्ले, एमालेले लक्ष्मी नारायण चौधरी, माओवादी केन्द्रले नविक वान्तावा, एकीकृत समाजवादीले निर्मला चौधरी, रास्वपाले ध्रुव पोखरेललाई उम्मेदवार बनाएको छ ।
यसैगरी, बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्षमा कांग्रेसले नवराज बस्नेत, एमालेले मनोज खड्का, माओवादी केन्द्रले भरत घिमिरे र रास्वपाले तेजमान विकलाई उम्मेदवार बनाएको छ ।